व्यावसायिक फलफूल खेती

2021 -09- 28

काहुँशिवपुर, गराङ्गदी टोलका कृषक शेर बहादुर तारु थापा व्यावसायिक फलफूल खेती गर्छन्। उनले आफ्नो १० रोपनी जग्गामा सुन्तला, कागती र एभोकाडो रोपेका छन्।

वि.सं. २०५५ देखि फलफूल खेती सुरु गरेका कृषक थापाको बगैँचामा सुन्तला १५० बोट, कागती २०० बोट र एभोकाडो १८ बोट छन्। उनी आफूले उत्पादन गरेको फलफूल पोखरा र दमौलीमा लगेर बेच्ने गर्दछन्। सुन्तला, कागती र एभोकाडो खरिद गर्न व्यापारीहरू उनको बगैँचासम्म पनि आउने गर्दछन्। उनको वार्षिक आम्दानी करिब ४ लाख रुपैयाँ रहेको छ।   

कृषक थापा खराने वा धुले रोग,पात झर्ने (ट्रिस्टेजा भाइरस), गवारो आदि जस्ता सुन्तला वा कागती बालीमा लाग्ने रोग तथा कीराको प्रकोपको कारण फलफूल खेतीबाट आफूले सोचे जस्तो आम्दानी लिन नसकिरहेको बताउँछन्। उनका अनुसार, विशेषगरी सुन्तला वा कागतीमा गवारोको प्रकोप बढी हुने देखिएको छ। गवारोको लार्भा सुन्तला वा कागतीको हाँगा प्वाल पारेर भित्र बस्ने गर्दछ र हाँगा सुक्दै गएपछि बोट मर्दछ। कीरा नियन्त्रणको लागि सुकेको हाँगा काटेर हटाइन्छ। त्यसैगरी, पात झर्ने रोगले बोट पहेँलो हुने, पातहरू झर्दै जाने र अन्त्यमा बोट मर्ने हुन्छ। यो रोग नियन्त्रण गर्नको लागि उनी निलोतुथोको झोल बनाएर सुन्तला वा कागतीको बोटमा छिट्ने गर्छन्। यद्यपि, उनी आफूले जानेको रोकथामको उपायहरू खासै प्रभावकारी नदेखिएकाले रोग तथा किरा नियन्त्रण विधिहरू बारे उपयुक्त प्रविधि सिक्नु पर्ने आवश्यकता महसुस गरेको बताउँछन्।                

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing