कृषि पर्यटन

2021 -09- 28

दुबुङ्ग प्रशस्त फलफूल उत्पादन हुने क्षेत्र हो। दुबुङ्गको मौरीबास, अर्चल्दी र रिजल्दी टोलमा व्यावसायिक सुन्तला खेती हुन्छ। यस वडामा व्यावसायिक माहुरीपालन, बाख्रापालन र कुखुरापालन पनि गरिन्छ।

दुबुङ्गमा दुबुङ्गकोट, अकलादेवी मन्दिर, भिमसेन ढुङ्गा, भालथुम्की डाँडा जस्ता ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थलहरू रहेका छन्। भालथुम्की डाँडामा निर्माणाधिन दुबुङ्ग भ्यू टावरबाट नवलपुर, चितवन, पाल्पा, स्याङ्जा, गोरखा, लमजुङ्ग जिल्लाका भू-भागहरू साथै अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी हिमालको दृश्यावलोकन गर्न सकिन्छ।

यस वडाका अध्यक्ष श्री दुर्ग बहादुर राना वडामा कृषि पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालन गर्ने योजना रहेको बताउँछन्। उनले दुबुङ्गमा रक क्लाइम्बिङ, दमौली-दुबुङ्ग-पोखरा माउण्टेन वाइकिङ जस्ता साहसिक पर्यटनको सम्भावना रहेको बताए।

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing