वडा १

झापुटार

साविक काहुँशिवपुर गाउँ विकास समितिका वडाहरू १,२,३ र ८ लाई समेटेर हालको १ नम्बर वडा झापुटार कायम गरिएको छ। राष्ट्रिय जनगणना २०६८ का अनुसार ७४४ घरधुरी रहेको यस वडाको जनसंख्या ४,०७५  रहेको छ जसमा पुरुष १,८१० र महिला २,२६५ रहेका छन्। वडा नम्बर १ झापुटार ऋषिङ्ग गाउँपालिकामा सबैभन्दा बढी जनसंख्या रहेको वडा हो। यस वडामा मगर, क्षेत्री, नेवार, ब्राहमण, गुरुङ, दलित आदि समुदायको बसोबास रहेको छ।    

झापुटारमा उत्पादन हुने मुख्य कृषि बालीहरूमा धान, मकै, कोदो, मास र तरकारी खेती हुन्। वडाको कोइदिम टोलमा काउली, टमाटर, च्याउ, आलु, लसुन, प्याज, अदुवा खेती गरिन्छ।

कोइदिमका युवा रिम बहादुर आले आधुनिक कृषि प्रविधि भित्र्याउन सके जमिन बाँझै नरहने र युवा जनशक्तिलाई कृषि केन्द्रित गर्न सकिने बताउछन्। आफ्नो टोलमा रातो माटो र कु-काठ प्रशस्त पाइने भएकोले इँटाभट्टा खोल्न सकिने र युवालाई रोजगारीको अवसर सिर्जना हुने पनि बताउछन्। लखन टोलका युवा वसन्ती थापा सिँचाइको प्रबन्ध, सहज यातायातको पूर्वाधार, कृषि उपज प्रशोधन र भण्डारणको व्यवस्था, बजारको व्यवस्था भएमा स्थानीय युवा कृषि क्षेत्रमा आकर्षित हुने विश्वास रहेको बताउछिन्। यसै गरी, उनी युवाहरूलाई आफूले जानेको ज्ञान तथा सीप अन्य युवालाई सिकाउन र फुर्सदको समयमा सामाजिक गतिविधिमा सक्रिय रहन अनुरोध पनि गर्छिन्।    

बहुसङ्ख्यक वडावासीको जीविकोपार्जनको आधार कृषि भएकाले यस वडामा खाद्यन्न बाली र तरकारी बाली उत्पादन वृद्धि गर्न सकिने सम्भावना छ। सिँचाइको राम्रो प्रबन्ध गर्न सकिएमा वडाको कोइदिम टोल तरकारी खेतीको पकेट क्षेत्र बन्न सक्ने सम्भावना रहेको छ।    

icons

घरधुरी

७४४

icons

जनसंख्या

४०७५

icons

पुरुष

१८१०

icons

महिला

२२६५

झापुटार का अवसरहरू

यस वडाका अधिकांश मानिसहरूको जीविकोपार्जनको मुख्य आधार कृषि रहेको छ। यहाँ व्यावसायिक तरकारी खेती गर्न सकिने प्रवल सम्भावना रहेको छ। सिँचाइको राम्रो प्रबन्ध गर्न सकिएमा वडाको कोइदिम टोल तरकारी खेतीको पकेट क्षेत्र बन्न सक्छ। यसैगरी वडामा रातो माटो र कु-काठ प्रशस्त पाइने भएकोले निर्माणमा आधारित उद्यम इँटाभट्टा खोल्न सकिने र  रोजगारीको अवसर सिर्जना हुने सम्भावना रहेको छ।

तरकारी खेती

पशुपालन

हस्तकला

लघु-कथा

यी थुप्रै बाइटहरु झापुटारका जनता बाट कृषि, कृषि पर्यटन, सिट्रस खेती, सडक पहुँच, भविष्य को सम्भावित पर्यटन गन्तव्य र धेरै धेरै जस्ता थिमहरुमा संकलन गरीएको छ।

पहलहरू

सेटाङ सामुदायिक
होमस्टे

वैदेशिक रोजगारबाट फर्किएपछि केही युवाहरु घले गाउँ घुम्न गएँ र त्यहाँबाट आर्जन गरेको ज्ञानका आधारमा आफ्नो गाउँ पनि घरबास सञ्चालन सकिने अठोट गरे सेटाङ सामुदायिक होमस्टेको सुरुवात भयो। उक्त्त घरबास गाउँपालिकाबाट २०७७ चैत २८ गते उद्घाटन भएको थियो। यसको नेतृत्वकर्ता तारुन थापा लगायतको कार्यसमितिले गर्दै आएको छ। सेटाङ सामुदायिक होमस्टेले…

पहलहरू अन्वेषण गर्नुहोस्