वडा ७

कोटदरबार

साविक कोटदरबार गाउँ विकास समितिका वडाहरू २,४,५,६ र ७ लाई समेटेर हालको ७ नम्बर वडा कोटदरबार कायम गरिएको छ। राष्ट्रिय जनगणना २०६८ का अनुसार ५६८ घरधुरी रहेको यस वडाको जनसंख्या २,९१२ रहेको छ जसमा पुरुष १,२४८ र महिला १,६६४ रहेका छन्। यस वडामा मगर, ब्राहमण, क्षेत्री, गुरुङ, नेवार, दलित आदि समुदायको बसोबास रहेको छ। 

यस वडामा कोटदरबार, अकलादेवी मन्दिर जस्ता ऐतिहासिक तथा धार्मिक महत्वका स्थलहरू रहेका छन्। नेपाल एकीकरण पूर्व चौबिसे राज्यहरूमा विभाजित रहँदाको समयमा मुकुन्द सेनका भतिजा समसेनले राज्य गरेका कोटदरबारमा दरबारको भग्नावशेष र दरबार क्षेत्रमा रहेका पुराना हातहतियारहरू देख्न सकिन्छ। 

अधिकांश कोटदरबारवासीहरू कृषि तथा पशुपालनमा आश्रित रहेका छन्। यहाँ उत्पादन हुने मुख्य कृषि बालीहरूमा धान, मकै, कोदो, मास, अदुवा, केरा र सुन्तला हुन्। खेतीपाती बाहेक यस वडामा कुखुरापालन, सुँगुर/बंगुरपालन र बाख्रापालन पनि गरिन्छ। वडाको केही महिलाहरू आफ्नै घरमा हाते तान राखेर भांग्रा, कछाड, पछ्यौरी, घलेक आदि जस्ता मगर समुदायले पहिरिने परम्परागत पोसाक बुन्ने गर्दछन्।   

यस वडामा खाद्यन्न बाली, फलफूल खेती, पशुपालन र पर्यटनको प्रवल सम्भावना र अवसरहरू छन्। तालिम र प्राविधिक सहयोग प्रदान गर्न सकेमा उत्पादन वृद्धि सँगै व्यवसायीकरण गर्न सकिने प्रशस्त सम्भावना रहेको छ। वडामा पुरानोथोक, राईथोक जस्ता पुराना बस्तीहरू, ऐतिहासिक तथा धार्मिक महत्वका स्थलहरू रहेका साथै मौलिक कला र संस्कृतिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने सम्भावना देखिन्छ।    

icons

घरधुरी

५६८

icons

जनसंख्या

२९१२

icons

पुरुष

१२४८

icons

महिला

१६६४

संस्कृति

कोटदरबार

नेपाल एकीकरण पूर्व स-साना राज्यहरूमा विभाजित रहँदाको समयमा मुकुन्द सेनका भतिजा समसेनले राज्य गरेकाले यस ठाउँको नाम कोटदरबार रहन गएको भनाइ छ। संरक्षणको अभावमा हाल दरबारको परिसर मात्र देख्न सकिन्छ र त्यहाँ कल्याणदेवी मन्दिर निर्माण गरिएकोछ।

Read More
हस्तकला

परम्परागत हाते तान बुनाई

हाते तान हातले कपडा बुन्न प्रयोग गरिने एउटा परम्परागत यन्त्र हो। सामान्यतया, बुनाईमा धागोको दुई भिन्न सेटहरू-तनोट (ताना वा लम्बाइतिरबाट लाग्ने धागो) र बुनोट (बाना वा चौडाइतिरबाट लाग्ने धागो) समकोण पारेर परस्पर गुथिन्छ। ताना धागोहरू काठको फ्रेम वा तानमा समानान्तर हुने गरी तनक्क तन्काइएका हुन्छन् जब कि बाना धागो स्थिर…

Read More

कोटदरबार का अवसरहरू

यस वडामा व्यावसायिक फलफूल खेती, पशुपालन र पर्यटनको प्रवल सम्भावना र अवसरहरू छन्। वडामा पुरानोथोक, राईथोक जस्ता पुराना बस्तीहरू, कोटदरबार, अकलादेवी मन्दिर जस्ता ऐतिहासिक तथा धार्मिक महत्वका स्थलहरू रहेका साथै मगर जातिको मौलिक कला र संस्कृतिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने सम्भावना देखिन्छ। स्थानीय महिलाहरूलाई परम्परागत सीप र प्रविधिमा आधारित तान बुन्ने तालिम प्रदान गर्न सकेमा उनीहरू स्वरोजगार हुने सम्भावना देखिन्छ।

परम्परागत बुनाई

अदुवा खेती

पर्यटन

लघु-कथा

यी थुप्रै बाइटहरु कोटदरबारका जनता बाट कृषि, कृषि पर्यटन, सिट्रस खेती, सडक पहुँच, भविष्य को सम्भावित पर्यटन गन्तव्य र धेरै धेरै जस्ता थिमहरुमा संकलन गरीएको छ।

पहलहरू

तान बुनाई

अर्खलछाप टोलकी पवित्रा थापा मगरले बाल्यकालदेखि नै आमाबाट सिकेको तान बुन्ने परम्परागत सीपलाई निरन्तरता दिइरहेकी छिन्। उनी पोखरा, दमौली, हङकङ, युकेबाट माग भए अनुसार आफ्नो घरमा रहेको हाते तानबाट पछ्यौरी, कछाड, भांग्रा आदि बुन्ने गर्दछिन्। उनले मगर समाज, खैरेनीका महिला दिदीबहिनीहरूलाई तान बुन्ने तालिम पनि दिइसकेकी छिन्। 

पहलहरू अन्वेषण गर्नुहोस्