संस्कृतिको संरक्षण र सुरक्षा गर्न युवाहरुको भुमिका महत्वपूर्ण हुन्छ। विदेशीहरु बाट हामीले संस्कृतिको संरक्षण र सुरक्षा गर्ने प्रेरणा लिन सक्नुपर्छ।
भक्त बहादुर आले
वडा अध्यक्ष
साविकका भिरकोट गाउँ विकास समितिको वडा नम्बर १ र कोटदरबार गाउँ विकास समितिको वडा नम्बर १, ३, ८ र ९ लाई समेटेर वडा नम्बर ६, ढुङ्गाडेको संरचना गरिएको छ। राष्ट्रिय जनगणना २०६८ का अनुसार ७१० घरधुरी रहेको यस वडाको जनसंख्या ३,२९५ रहेको छ जसमा पुरुष १,३०७ र महिला १,९८८ रहेका छन्। यस वडामा मगर, क्षेत्री, ब्राहमण, दलित आदि समुदायको बसोबास रहेको छ।
ढुङ्गाडेमा सेन वंशका राजा समसेनले हतियार सुरक्षित राखेका भनिएको ज्यामिरेमाई डाँडा, ज्यामिरेमाई मन्दिर जस्ता ऐतिहासिक तथा धार्मिक स्थलहरू रहेका छन्। ज्यामिरे माई मन्दिरमा कन्या कुमार केटाहरू पूजारीको रूपमा रहने र यस क्षेत्रका मानिसहरूले उक्त मन्दिरहरूमा ठूलो धुमधामका साथ पञ्चबली दिने चलन समेत रहेको र उक्त मन्दिरहरूमा दर्शन गर्न छिमेकी वडाहरूवाट मानिसहरू आउने गरेको पाईन्छ ।
यस वडामा उत्पादन हुने मुख्य कृषि बालीहरूमा मकै, कोदो, अदुवा, केरा र मास हुन्। यहाँ व्यवसायिक कृषि तथा पशुपालन गरेको देखिँदैन।
जीविकोपार्जनका लागि गरिने परम्परागत खेती प्रणालीको विकल्प कृषि-वन खेती हुन सक्ने सम्भावना देखिन्छ। खेतबारीमा अन्नबालीसँगै रुखबिरुवा लगाइने दोहोरो खेती प्रणाली, कृषि-वन खेतीले स्थानीय समुदायको खाद्य सुरक्षाका साथै रोजगारी र आयआर्जनका अवसरहरू सिर्जना गर्न सक्ने सम्भावना छ। यस प्रणालीले वन माथिको निर्भरतामा कमी ल्याइ जैविक विविधता कायम राख्न र पर्यावरण संरक्षण गर्न, जमिनको उत्पादकत्वमा ह्रास आउन नदिन र जलवायु उत्थानशील पर्यावरण प्रणाली विकास गर्न पनि सहयोग पुर्याउनेछ।त्यसै गरी, मौलिक संस्कृतिलाई व्यवसायीकरण गरी रोजगारीको अवसर सिर्जना गर्न र संस्कृति संरक्षण गर्न सकिने सम्भावना देखिन्छ।
घरधुरी
जनसंख्या
पुरुष
महिला
ज्यामिरेमाई मन्दिर ढुङ्गाडे स्थित ज्यामिरेमाई डाँडामा रहेको छ। धार्मिक आस्थाको रूपमा रहेको उक्त मन्दिरमा बडादसैँको बेलामा फुलपाती भित्र्याइ पूजाआजा गर्ने चलन रहेको छ। ज्यामिरेमाई मन्दिरमा कन्या कुमार केटाहरू पूजारीको रूपमा रहने र यस क्षेत्रका मानिसहरूले पञ्चबली दिने चलन रहिआएको छ। मन्दिरको दर्शन गर्न छिमेकी गाउँपालिकाहरूबाट दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ।
Read Moreनेपालको गण्डक क्षेत्र र आसपास बसोबास गर्ने मगर समुदायमा प्रचलित लोकनृत्यहरू सालैजो, सोरठी, मारुनी, घाटु, झाम्रे (झ्याउरे), ज्यानै, ओहली, नाचन, कौराहा आदि हुन्। यीमध्ये कौराहा सबैभन्दा लोकप्रिय नृत्य हो। तनहुँ जिल्लाको ऋषिङ्ग क्षेत्र मगर समुदायको मौलिक संस्कृति र पहिचान झल्किने कौराहा (कौरा) नृत्यको उद्गमस्थल हो। रोदीघरमा रेन्झा (युवक) हरू गुन्द्री…
Read Moreजीविकोपार्जनका लागि गरिने परम्परागत खेती प्रणालीको विकल्प कृषि-वन खेती हुन सक्ने सम्भावना देखिन्छ। खेतबारीमा अन्नबालीसँगै रुखबिरुवा लगाइने दोहोरो खेती प्रणाली, कृषि-वन खेतीले स्थानीय समुदायको खाद्य सुरक्षाका साथै रोजगारी र आयआर्जनका अवसरहरू सिर्जना गर्न सक्ने सम्भावना छ।