प्राङ्गारिक खेती

2021 -09- 28

पल्ट्याङ, बडागाउँ टोलका शिव बहादुर क्षेत्री व्यावसायिक कृषक हुन्। उनले व्यावसायिक तरकारी खेती र पशुपन्छीपालन सुरु गरेको ४ वर्ष भयो।

कृषक क्षेत्री भूतपूर्व भारतीय गोर्खा सैनिक हुन्। सैनिक पेसाबाट अवकाश प्राप्त गरेपछि वि. सं. २०७२ मा बडागाउँमा ८ रोपनी जग्गा खरिद गरेर उनले व्यावसायिक खेती र पशुपन्छीपालन सुरु गरेका हुन्। उनी आफ्नो खेतमा धान, गहुँ, तोरी, टमाटर, लसुन, प्याज, खुर्सानी, काउली, बन्दाकोपी जस्ता मौसमी अन्नबाली र तरकारी उत्पादन गर्छन्। उनले गाई, भैंसी, बंगुर, बाख्रा जस्ता चौपाया; कुखुरा, टर्की जस्ता पन्छी र माछापालन पनि गरेका छन्। गाईवस्तुको मल प्रशस्त हुने भएकोले उनी आफ्नो खेतबारीमा प्राङ्गारिक मल मात्र प्रयोग गर्ने गर्छन्।      

आफ्नो गाउँमै केही गर्नुपर्छ भन्ने हेतुले सैनिक सेवाबाट अवकाश प्राप्त गरे पश्चात आफूले व्यावसायिक खेती र पशुपन्छीपालन सुरु गरेको बताउँछन्। उनले वैदेशिक रोजगारमा गएका आफ्नो छोरालाई केही समय पहिले घर फर्कन लगाए। अहिले उनका छोरा घर फर्किसकेका छन्। अब उनीहरू उन्नत जातको बोएर बाख्रा फार्म सञ्चालन गर्ने तयारी गरिरहेका छन्। जीविकोपार्जनका लागि खेतीपाती र पशुपन्छीपालन गर्दै आएका छरछिमेकका अन्य कृषकहरूलाई पनि व्यावसायिक कृषि तर्फ आकर्षित गराउने आफ्नो उद्देश्य रहेको उनी सुनाउँछन्।

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing