माहुरीपालन

2021 -09- 28

दुबुङ्ग, नाजुङ्ग टोलका माहुरीपालक कृषक पुन बहादुर राना मगरले परम्परागत मुढे घारमा माहुरीपालन गर्दै आइरहेका छन्। उनले माहुरीपालन सुरु गरेको ३५ वर्ष जति भयो।

कृषक रानाले पहिले २० घार माहुरी पालेका थिए तर मलसाँप्रो, अरिँगाल, मैनपुतली आदि माहुरीका प्राकृतिक शत्रुहरूले घारमा हमला गरी माहुरी र मह दुवै खाइदिँदा अहिले ९ घार मात्र माहुरी छन्। गत वर्ष उनले ३५,००० रुपैयाँको मह बिक्री गरे।

कृषकहरूले परम्परागत रूपमा मुढा या खोपामा गर्दै आएको माहुरीपालनलाई आधुनिक घारमा पाल्न सके बढी मह उत्पादन हुन गई आयआर्जनमा राम्रो बृद्धि गर्न सकिन्थ्यो।

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing