वडा ५

राम्जाकोट

साविक राम्जाकोट गाउँ विकास समितिका वडाहरू १,२,३,४,५,६,७ र ८ लाई समेटेर हालको ५ नम्बर वडा राम्जाकोट कायम गरिएको छ। राष्ट्रिय जनगणना २०६८ का अनुसार ७४८ घरधुरी रहेको यस वडाको जनसंख्या ३,८२३ रहेको छ जसमा पुरुष १,६६७ र महिला २,१५६ रहेका छन्। यस वडामा मगर, ब्राहमण, क्षेत्री, दरै, बोटे, कुमाल, माझी, सन्यासी, दलित आदि समुदायको बसोबास रहेको छ। 

यस वडामा गडगडी गर्गेश्वर महादेव, सरस्वती मन्दिर, श्रिंग गुफा जस्ता धार्मिक तथा प्राकृतिक स्थलहरू रहेका छन्।

अधिकांश राम्जाकोटवासीहरू कृषि तथा पशुपालनमा आश्रित रहेका छन्। यहाँ उत्पादन हुने मुख्य कृषि बालीहरूमा धान, मकै, कोदो, अदुवा, केरा, गहुँ, भटमास र मास हुन्। खेतीपाती बाहेक यस वडामा बाख्रापालन पनि गरिन्छ।

राम्जाकोट प्रशस्त कृषियोग्य भूमि भएको क्षेत्र हो। वडाको दक्षिणी क्षेत्रमा रहेका ठूला फाँटहरू पिपलटार र रुपाटार कृषिका उर्वर भूमि हुन्। यी फाँटहरूमा सिँचाइको राम्रो प्रबन्ध गर्न सकेमा कृषिजन्य वस्तुहरूको उत्पादनमा उल्लेखनीय वृद्धि हुने सम्भावना रहेको छ। यहाँ कृषि उपज संकलन केन्द्र, ग्रेडिङ, लेवलिङ, प्याकेजिङको व्यवस्था गर्न सके कृषकहरूले उचित मूल्यमा आफ्नो उत्पादन बिक्री गरेर लाभ लिन सक्ने सम्भावना देखिन्छ। यस क्षेत्रमा पशुपालन व्यवसायमा तालिम र प्राविधिक सहयोग प्रदान गरेमा व्यवसायबाट थप आम्दानी गर्न सक्ने सम्भावना देखिन्छ।  

icons

घरधुरी

७४८

icons

जनसंख्या

३८२३

icons

पुरुष

१६६७

icons

महिला

२१५६

कृषि

बाख्रापालन

राम्जाकोट, रुपाटारका लीलाराम पुरी व्यावसायिक बाख्रापालक कृषक हुन्। बाख्रापालन बाहेक उनले कागती, केरा र मेवा खेती पनि गरेका छन्। उनी कागतीबाट चुक बनाएर बिक्री गर्ने गर्दछन्। कृषक पुरीले वि. सं. २०७० देखि ‘अनुकूलन बाख्रा फार्म’ खोलेर व्यावसायिक बाख्रापालन सुरु गरेका हुन्। उनको बाख्रा फार्ममा अहिले १०० गोटा जति बाख्रा छन्।…

Read More

राम्जाकोट का अवसरहरू

यस वडाको दक्षिणी क्षेत्रमा रहेका ठूला फाँटहरू पिपलटार र रुपाटार कृषिका उर्वर भूमि हुन्। यी फाँटहरूमा सिँचाइको राम्रो प्रबन्ध गर्न सकेमा कृषिजन्य वस्तुहरूको उत्पादनमा उल्लेखनीय वृद्धि हुने सम्भावना रहेको छ। यहाँ कृषि उपज संकलन केन्द्र, सूचना केन्द्र, बजारीकरण गर्न सके कृषकहरूले उचित मूल्यमा आफ्नो उत्पादन बिक्री गरेर लाभ लिन सक्ने सम्भावना देखिन्छ। यसबाहेक, पशुपालन तालिम र प्राविधिक सहयोग प्रदान गरेमा व्यवसायबाट थप आम्दानी गर्न सक्ने सम्भावना देखिन्छ।

मास खेती

पशुपालन

भण्डारण केन्द्र

लघु-कथा

यी थुप्रै बाइटहरु राम्जाकोटका जनता बाट कृषि, कृषि पर्यटन, सिट्रस खेती, सडक पहुँच, भविष्य को सम्भावित पर्यटन गन्तव्य र धेरै धेरै जस्ता थिमहरुमा संकलन गरीएको छ।

पहलहरू

फार्मस्टे

अधिकांश राम्जाकोटवासीहरू कृषि तथा पशुपालनमा आश्रित रहेका छन्। यहाँ उत्पादन हुने मुख्य कृषि बालीहरूमा धान, मकै, कोदो, अदुवा, केरा, गहुँ, भटमास र मास हुन्। खेतीपाती बाहेक यस वडामा बाख्रापालन पनि गरिन्छ। वडाकी निर्मला खनाल लीलाराम पुरी र पुन नारायण विश्वकर्मा जस्ता केही कृषकले व्यवसायिक बाख्रापालन गरेका छन्। कृषक लीलाराम पुरीले…

पहलहरू अन्वेषण गर्नुहोस्