वडा २

काहुँशिवपुर

साविक काहुँशिवपुर गाउँ विकास समितिका वडाहरू ४,५,६ र ९ लाई समेटेर हालको २ नम्बर वडा काहुँशिवपुर कायम गरिएको छ। राष्ट्रिय जनगणना २०६८ का अनुसार ६०९ घरधुरी रहेको यस वडाको जनसंख्या ३,०२३ रहेको छ जसमा पुरुष १,२६९ र महिला १,७५४ रहेका छन्। यस वडामा मगर, क्षेत्री, ठकुरी, नेवार, ब्राहमण, गुरुङ, दलित आदि समुदायको बसोबास रहेको छ।

अधिकांश काहुँशिवपुरवासीहरू कृषिमा निर्भर रहेका छन्। यहाँ उत्पादन हुने मुख्य कृषि बालीहरूमा मकै, कोदो, धान र मास हुन्। खेतीपाती बाहेक यहाँ सुँगुर/बंगुरपालन, बाख्रापालन र कुखुरापालन पनि गरिन्छ। यस वडाको ग्वास्लुङ्ग टोलमा महिलाहरूले परालबाट सुकुल, गुन्द्री र चकटी बुन्ने चलन आजपर्यन्त छ।

अधिकांश वडावासीहरू कृषि तथा पशुपालनमा आश्रित रहेकाले यस वडामा खाद्यन्नको साथै तरकारी, सुन्तला, कागती जस्ता नगदे बाली र पशुजन्य उत्पादन वृद्धि गर्न सकिने प्रशस्त सम्भावना रहेको छ। आधुनिक कृषि प्रविधि तथा औजारको प्रयोग गरेर कृषि उत्पादनमा वृद्धि गर्न सकिने भएकाले कृषकहरूलाई व्यवसायिक खेती प्रणाली अपनाउन प्रोत्साहन गर्न सकिनेछ। उत्पादनमा वृद्धि सँगै वडामा तरकारी र कृषि उपज संकलन केन्द्र, चिस्यान केन्द्र, मासुजन्य उद्योग आदि निर्माण गरी रोजगारी सिर्जना गर्न सकिने सम्भावना पनि देखिन्छ। त्यसैगरी, परम्परागत सीप र प्रविधिमा आधारित लघु उद्यम सञ्चालन गरी रोजगारी सिर्जना गर्न सकेमा वडाको आर्थिक विकासमा योगदान पुर्‍याउने प्रशस्त सम्भावना देखिन्छ। परम्परागत सीप र प्रविधिमा आधारित हस्तकलाका उत्पादनहरू सुकुल, गुन्द्री, चकटी लगायतका सामग्रीले प्लास्टिकको प्रयोगलाई बिस्थापन गरी वातावरण संरक्षणमा समेत सघाउ पुग्न जान्छ। 

icons

घरधुरी

६०९

icons

जनसंख्या

३०२३

icons

पुरुष

१२६९

icons

महिला

१७५४

कृषि

व्यावसायिक फलफूल खेती

काहुँशिवपुर, गराङ्गदी टोलका कृषक शेर बहादुर तारु थापा व्यावसायिक फलफूल खेती गर्छन्। उनले आफ्नो १० रोपनी जग्गामा सुन्तला, कागती र एभोकाडो रोपेका छन्। वि.सं. २०५५ देखि फलफूल खेती सुरु गरेका कृषक थापाको बगैँचामा सुन्तला १५० बोट, कागती २०० बोट र एभोकाडो १८ बोट छन्। उनी आफूले उत्पादन गरेको फलफूल पोखरा…

Read More

काहुँशिवपुर का अवसरहरू

यस वडामा तरकारी खेती, फलफूल खेती, कुखुरापालन, बाख्रापालन जस्ता कृषि तथा पशुपक्षीमा अधारित उद्यम र  सुकुल, गुन्द्री, चकटी जस्ता परम्परागत सीप र प्रविधिमा आधारित हस्तकला उद्यम सञ्चालन गर्न सके रोजगारीको अवसर सिर्जना हुने सम्भावना रहेको छ।

तरकारी खेती

पशुपालन

हस्तकला

लघु-कथा

यी थुप्रै बाइटहरु काहुँशिवपुरका जनता बाट कृषि, कृषि पर्यटन, सिट्रस खेती, सडक पहुँच, भविष्य को सम्भावित पर्यटन गन्तव्य र धेरै धेरै जस्ता थिमहरुमा संकलन गरीएको छ।

पहलहरू

आमा समूहको
सामूहिक खेती

जीविकोपार्जनका लागि गरिने परम्परागत खेती प्रणालीको कारण स्थानीय उत्पादनमा व्यावसायीकरण हुन नसक्नु, उद्यमशीलताको ज्ञान र तालिमको अभाव, वडामा हाटबजार सञ्चालन नहुनु, कृषि पेशाप्रति युवाको आकर्षण नहुनु जस्ता चुनौती एवं समस्याहरू यस वडामा रहेका छन्।  यसै समस्यालाई केही हदसम्म कम गर्न यम थापा मगरको नेतृत्वमा ३१ सदस्य रहेको सुकेपोखरी आमा समूहले…

पहलहरू अन्वेषण गर्नुहोस्