वडा ८

पल्ट्याङ

साविक ऋषिङ्ग रानीपोखरी गाउँ विकास समितिका वडाहरू १,२, ३,४,५,६,७ र ८ लाई समेटेर हालको ८ नम्बर वडा पल्ट्याङ कायम गरिएको छ। राष्ट्रिय जनगणना २०६८ का अनुसार ५०८ घरधुरी रहेको यस वडाको जनसंख्या २,४७५ रहेको छ जसमा पुरुष १,०४९ र महिला १,४२६ रहेका छन्। यस वडामा मगर, ब्राहमण, क्षेत्री, गुरुङ, नेवार, दलित आदि समुदायको बसोबास रहेको छ। 

पल्ट्याङमा कोटडाँडा, गढीडाँडा, रानीपोखरी, अजम्बरी कुण्ड, अजम्बरीमाई जस्ता ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थलहरू रहेका छन्। वडाको अजम्बरी स्थित अजम्बरीमाई मन्दिरमा कृष्णाष्टमी र तिज पर्वको अवसरमा ठूलो मेला लाग्ने गर्दछ। अजम्बरीमाई नजिकै रहेको अजम्बरी कुण्डको पानी कहिल्यै घटबढ हुँदैन अर्थात् सधैं एकै सतहमा रहन्छ। गढीडाँडाबाट वरिपरिका नवलपुर, चितवन, पाल्पा, स्याङ्जा, गोरखा, लमजुङ्ग जिल्लाका भू-भागहरू तथा डाँडाकाँडा, सेती नदी र कालीगण्डकी नदीका समथर फाँटको मनोरम दृश्य देखिनुका साथै अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी हिमालको रमणीय दृश्य पनि देख्न सकिन्छ।             

वडामा उत्पादन हुने मुख्य कृषि बालीहरूमा धान, मकै, कोदो, मास, अदुवा र तरकारी हुन्। खेतीपाती बाहेक यहाँ सुँगुर/बंगुरपालन, बाख्रापालन र कुखुरापालन पनि गरिन्छ।

पल्ट्याङमा कृषि, पशुपालन तथा पर्यटनको प्रचुर सम्भावना रेहेको देखिन्छ। सामाजिक सम्मान, तालिम, प्राविधिक सेवा, अनुदान, कृषि उपज संकलन, भण्डारण, प्रशोधन र बजारीकरणको व्यवस्था मार्फत कृषि तथा पशुपालनका क्षेत्रमा युवालाई आकर्षित गर्न सकिने सम्भावना छ। त्यसै गरी, पर्यटकीय सेवाको विकासका लागि होमस्टे सञ्चालन गर्न सकेमा पर्यटकहरूको आगमन हुनुको साथै स्थानीय युवाले प्रत्यक्ष रोजगारीका अवसरबाट लाभ लिन सक्नेछन्।

icons

घरधुरी

५२१५

icons

जनसंख्या

२४७५

icons

पुरुष

१०४९

icons

महिला

१४२६

पर्यटन

ग्रामीण पर्यटन र होमस्टे

पल्ट्याङमा कोटडाँडा, गढीडाँडा, रानीपोखरी, अजम्बरी कुण्ड, अजम्बरीमाई जस्ता प्राकृतिक, ऐतिहासिक तथा धार्मिक स्थलहरू रहेका छन्। मगर जातिको बाहुल्य रहेको यस वडामा मगर समुदायको मौलिक कला र संस्कृति झल्किने कौराहा, सालैजो, नचौरी जस्ता नृत्य नाच्ने गरिन्छ। गढीडाँडाबाट तनहुँको छिमेकी जिल्लाहरू नवलपुर, चितवन, लमजुङ्ग, गोरखा, कास्की, स्याङ्जाका भू-भागहरू, सेती नदी र कालीगण्डकी…

Read More
कृषि

प्राङ्गारिक खेती

पल्ट्याङ, बडागाउँ टोलका शिव बहादुर क्षेत्री व्यावसायिक कृषक हुन्। उनले व्यावसायिक तरकारी खेती र पशुपन्छीपालन सुरु गरेको ४ वर्ष भयो। कृषक क्षेत्री भूतपूर्व भारतीय गोर्खा सैनिक हुन्। सैनिक पेसाबाट अवकाश प्राप्त गरेपछि वि. सं. २०७२ मा बडागाउँमा ८ रोपनी जग्गा खरिद गरेर उनले व्यावसायिक खेती र पशुपन्छीपालन सुरु गरेका हुन्।…

Read More

पल्ट्याङ का अवसरहरू

पल्ट्याङमा व्यावसायिक कृषि, पशुपालन तथा पर्यटनको प्रचुर सम्भावना रेहेको देखिन्छ। वडामा गढीडाँडा,ऋषिङ्ग रानीपोखरी, अजम्बरी कुण्ड, अजम्बरीमाई जस्ता  ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थलहरू र धारूङ्ग, झिरबास, पल्ट्याङ जस्ता पुराना बस्तीहरू रहनुका साथै गढीडाँडाबाट वरिपरिका नवलपुर, चितवन, पाल्पा, स्याङ्जा, गोरखा, लमजुङ्ग जिल्लाका भू-भागहरू तथा डाँडाकाँडा, सेती नदी र कालीगण्डकी नदीका समथर फाँटको मनोरम दृश्य देखिनुका साथै अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी हिमालको दृश्यावलोकन पनि गर्न सकिने भएकोले वडालाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकसित गर्न सकिने सम्भावना रहेको छ।

पर्यटन

पशुपालन

होमस्टे

लघु-कथा

यी थुप्रै बाइटहरु पल्ट्याङका जनता बाट कृषि, कृषि पर्यटन, सिट्रस खेती, सडक पहुँच, भविष्य को सम्भावित पर्यटन गन्तव्य र धेरै धेरै जस्ता थिमहरुमा संकलन गरीएको छ।

पहलहरू

जौविक कृषि

पल्ट्याङमा व्यावसायिक कृषि, पशुपालन तथा पर्यटनको प्रचुर सम्भावना रेहेको देखिन्छ। कृषि तथा पशुपालनका क्षेत्रमा युवावर्गको आकर्षण कम हुनु, कृषिमा व्यावसायीकरण नहुनु, पर्यटन गुरुयोजना नहुनु, पर्यटन व्यवसायको लागि दक्ष जनशक्तिको अभाव, हाटबजार नहुनु जस्ता चुनौती एवं समस्याहरू यस वडामा विद्यमान रहेका छन्। 

पहलहरू अन्वेषण गर्नुहोस्