तान बुन्ने परम्परागत सीपलाई निरन्तरता

अर्खलछाप टोलकी पवित्रा थापा मगरले बाल्यकालदेखि नै आमाबाट सिकेको तान बुन्ने परम्परागत सीपलाई निरन्तरता दिइरहेकी छिन्। उनी पोखरा, दमौली, हङकङ, युकेबाट माग भए अनुसार आफ्नो घरमा रहेको हाते तानबाट पछ्यौरी, कछाड, भांग्रा आदि बुन्ने गर्दछिन्। उनले मगर समाज, खैरेनीका महिला दिदीबहिनीहरूलाई तान बुन्ने तालिम पनि दिइसकेकी छिन्। 

  • पशिक्षण संख्या

    १०

  • दर/मिटर

    १०००

Sign Up to Collaborate

तान बुनाई

अर्खलछाप टोलकी पवित्रा थापा मगरले बाल्यकालदेखि नै आमाबाट सिकेको तान बुन्ने परम्परागत सीपलाई निरन्तरता दिइरहेकी छिन्। उनी पोखरा, दमौली, हङकङ, युकेबाट माग भए अनुसार आफ्नो घरमा रहेको हाते तानबाट पछ्यौरी, कछाड, भांग्रा आदि बुन्ने गर्दछिन्। उनले मगर समाज, खैरेनीका महिला दिदीबहिनीहरूलाई तान बुन्ने तालिम पनि दिइसकेकी छिन्। 

संक्षिप्त परिचय

मगर जातिको मौलिक कला र संस्कृति जगेर्ना गर्न तान बुनाईको ठूलो भूमिका रहेको देखिन्छ। स्थानीय महिलाहरूलाई परम्परागत सीप र प्रविधिमा आधारित तान बुन्ने तालिम प्रदान गर्न सकेमा उनीहरू स्वरोजगार हुने सम्भावना देखिन्छ।महिलाहरूलाई तान बुन्ने तालिम प्रदान गरी व्यवसायीकरण गर्न सकेमा उनीहरू स्वरोजगार हुने सम्भावना देखिन्छ। कलामा आधारित यस व्यवसायले परम्परागत सीप र स्थानीय प्रविधिको संरक्षण र संवर्द्धनमा सहयोग पुर्‍याउनुको साथै तिनको हस्तान्तरणमा समेत योगदान पुर्‍याउनेछ।    

बजारमा मेसिनबाट उत्पादन भएको कपडाको मूल्य घरेलु तानबाट बुनिएको कपडाभन्दा सस्तोमा पाइनु, हाटबजार नहुनु जस्ता चुनौती एवं समस्याहरू यस वडामा रहेका छन्। 

सम्पर्क व्यक्ति

पवित्रा थापा मगर
तान बुनाई
अर्खलछाप

९८२९१५२०५९

सल्लाकार

महेन्द्र श्रेष्ठ
९८१६६२५५६४

Project Timeline

नेपालको मगर समुदायमाझ हाते तानबाट कपडा बुन्ने परम्परागत विधि अझै प्रचलनमा छ। तनहुँ जिल्ला ऋषिङ्ग गाउँपालिका वडा नम्बर ७ कोटदरबार स्थित अर्खलछाप टोलकी श्रीमती पवित्रा थापा मगरले बाल्यकालदेखि नै आमाबाट सिकेको हाते तान बुन्ने परम्परागत सीपलाई निरन्तरता दिइरहेकी छिन्।

उनी स्वदेश (काठमाडौं, पोखरा, दमौली) तथा विदेश (हङकङ, बेलायत, सिंगापुर, ब्रुनाई) बाट माग भए अनुसार आफ्नो घरमा रहेको हाते तानबाट पछ्यौरी, कछाड, भांग्रा आदि कपडा बुन्ने गर्दछिन्। चिनजानका ब्यक्तिहरुको सम्पर्कको आधारमा कामको अर्डर आउने र त्यसै अनुसार कपडा तयार पार्ने उनले बताईन् । उनले मगर समाज, खैरेनीका दिदीबहिनीहरूलाई तान बुन्ने तालिम पनि दिइसकेकी छिन्।

SIGN UP TO GET INSTANT ACCESS
TO PARTNER AND COLLABORATE ON INITIATIVES