ग्रामीण पर्यटन र होमस्टे

2021 -09- 28

पल्ट्याङमा कोटडाँडा, गढीडाँडा, रानीपोखरी, अजम्बरी कुण्ड, अजम्बरीमाई जस्ता प्राकृतिक, ऐतिहासिक तथा धार्मिक स्थलहरू रहेका छन्। मगर जातिको बाहुल्य रहेको यस वडामा मगर समुदायको मौलिक कला र संस्कृति झल्किने कौराहा, सालैजो, नचौरी जस्ता नृत्य नाच्ने गरिन्छ। गढीडाँडाबाट तनहुँको छिमेकी जिल्लाहरू नवलपुर, चितवन, लमजुङ्ग, गोरखा, कास्की, स्याङ्जाका भू-भागहरू, सेती नदी र कालीगण्डकी नदीका समथर फाँटको मनोरम दृश्य देखिनुका साथै अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी हिमालको रमणीय दृश्य पनि देख्न सकिन्छ।      

यस वडाकी वडा सदस्य श्रीमती बिष्णु माया राना मगर आफ्नो वडामा प्राकृतिक, ऐतिहासिक, धार्मिक स्थलहरू र धारूङ्ग, झिरबास, पल्ट्याङ जस्ता पुराना मगर बस्तीहरू रहनुका साथै आसपासका भू-भागहरू तथा हिम शृङ्खला दृश्यावलोकन पनि गर्न सकिने भएकोले ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्नको लागि वडामा होमस्टे (घरबास) सञ्चालन गर्ने योजना रहेको बताउछिन्। होमस्टे सञ्चालनका लागि वडाका महिला समूहलाई घान्द्रुकको अवलोकन भ्रमण गराइएको र टोलमा हरेक हप्ता सरसफाइ अभियान चलाइरहेको जानकारी पनि उनले दिइन्।

ग्रामीण पर्यटन विकास कार्यक्रमले स्थानीयलाई प्रत्यक्ष रोजगारीका अवसर, स्थानीय संस्कृति संरक्षण साथै स्थानीय उत्पादन बिक्रीबाट आयआर्जन हुने भएकोले स्थानीय समुदायलाई आर्थिक एवं सामाजिक लाभ मिल्नेछ।

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing