वडा ४

भिरकोट

साविक भिरकोट गाउँ विकास समितिका वडाहरू २,३,४,५,६ र ७ लाई समेटेर हालको ४ नम्बर वडा भिरकोट कायम गरिएको छ। राष्ट्रिय जनगणना २०६८ का अनुसार ७३१ घरधुरी रहेको यस वडाको जनसंख्या ३,०१० रहेको छ जसमा पुरुष १,३२२ र महिला १,६८८ रहेका छन्। यस वडामा मगर, क्षेत्री, ठकुरी, बोटे, दलित आदि समुदायको बसोबास रहेको छ।

भिरकोटमा शिव मन्दिर, महादेव मन्दिर, भिमसेन मन्दिर, भिरकोट दरबार जस्ता धार्मिक तथा ऐतिहासिक स्थलहरू छन्।

भिरकोटमा उत्पादन हुने मुख्य कृषि बालीहरूमा मकै, कोदो, मास र तरकारी हुन्। वडाको मुन्लेख र पालुङ्गटार टोलमा काउली, बन्दा, भेडे खुर्सानी, खुर्सानी, टमाटर र अदुवा जस्ता नगदे बाली प्रशस्त उत्पादन हुन्छ। वडाको शिरकोट टोलमा व्यवसायिक बाख्रापालन र सुँगुर/बंगुरपालन गरिन्छ।   

वन यस वडाको प्रमुख प्राकृतिक स्रोत हो। यहाँ साल, कटुस, चिलाउने प्रजातिका वनस्पतिहरू पाइन्छन्।

मकै, कोदो, मास लगायत अन्य बालीहरू र तरकारी खेतीलाई प्राथमिकता दिएर आधुनिक कृषि प्रविधि र तालिम प्रदान गर्न सकेमा यस क्षेत्रको विकासको आधार कृषि बन्न सक्ने देखिन्छ। उन्नत जातको खसी/बोका, सुँगुर/बंगुरपालन गर्न सकेमा प्रशस्त आम्दानी गर्न सक्ने सम्भावना रहेको छ। त्यसै गरी युवालाई काठका फर्निचर, काठका सजावट सामग्री, क्यूरियो सामग्री आदि निर्माण गर्ने तालिम प्रदान गर्न सकेमा वन पैदावारमा आधारित लघु उद्यम संचालनबाट रोजगारीको अवसर सिर्जना हुन सक्ने सम्भावना देखिन्छ। 

icons

घरधुरी

७२१

icons

जनसंख्या

३०१०

icons

पुरुष

१३२२

icons

महिला

१६८८

भिरकोट का अवसरहरू

यस वडामा व्यावसायिक कृषी तथा पशुपालन र काठका फर्निचर, काठका सजावट सामग्री, क्यूरियो सामग्री जस्ता वन पैदावारमा आधारित लघु उद्यम सञ्चालनबाट रोजगारीको अवसर सिर्जना हुन सक्ने सम्भावना देखिन्छ।

कृषिमा आधुनिकिकरण तथा व्यावसायीकरण नहुनु, कृषि पेशाप्रति युवाको आकर्षण नहुनु, सिँचाइको अभाव, आवश्यक प्राविधिक सेवा उपलब्ध नहुनु, हाटबजार नहुँदा आफ्नो कृषि उपज बिक्री गर्न नसक्नु आदि यस वडाका प्रमुख चुनौती एवं समस्याहरू रहेका छन्।

 

 

मास खेती

पशुपालन

कृषि वन

लघु-कथा

यी थुप्रै बाइटहरु भिरकोटका जनता बाट कृषि, कृषि पर्यटन, सिट्रस खेती, सडक पहुँच, भविष्य को सम्भावित पर्यटन गन्तव्य र धेरै धेरै जस्ता थिमहरुमा संकलन गरीएको छ।

पहलहरू

बुधबारे हाट

युवाहरु पढेर पनि आफनो बाहुबाजेले झैँ  पशुपालन, कृषि जस्ता व्यवसाय गर्न राम्रो मान्दैनन। यहाँको भूगोल सुहाउदो लघु- उद्योग, बाख्रा पालन, बेमौसमी तरकारी गर्दा आफुलाई चाहिने न्युनतम सामाग्रीहरु गाउँमा नै उत्पादन गर्दा पनि बजारबाट किनेर ल्याउने क्रम घट्ने देखिन्छ जुन कार्यको थालनी गर्न सकिएको छैन। वडामा युवालाई सीपमूलक तालिम प्रदान गर्ने,…

पहलहरू अन्वेषण गर्नुहोस्