वडा ३

दुबुङ्ग

साविकका बैदी गाउँ विकास समितिको वडा नम्बर १,२,र ३ र भिरकोट गाउँ विकास समितिको वडा नम्बर ८ र ९ लाई समेटेर वडा नम्बर ३, दुबुङ्गको संरचना गरिएको छ। राष्ट्रिय जनगणना २०६८ का अनुसार ६०७ घरधुरी रहेको यस वडाको जनसंख्या ३,२५७ रहेको छ जसमा पुरुष १,४६८ र महिला १,७८९ रहेका छन्। यस वडामा मगर, क्षेत्री, ब्राहमण, ठकुरी, दलित आदि समुदायको बसोबास रहेको छ। स्थानीय कथन अनुसार मगर भाषामा ‘दु’ को अर्थ किरा र ‘बुङ्ग’ को अर्थ उड्ने हुन्छ। दुबुङ्ग टुँडिखेलमा साँझ किराहरू उड्ने भएको हुनाले यस क्षेत्रलाई दुबुङ्ग नामाकरण गरिएको हो।   

सांस्कृतिक रूपले धनी दुबुङ्गमा मगर समुदायको मौलिक संस्कृति र पहिचान झल्किने कौराहा नृत्य, नचौरी नाच्ने गरिन्छ। यस वडामा अकलादेवी मन्दिर, मालिका मन्दिर, भालथुम्की डाँडा जस्ता धार्मिक तथा प्राकृतिक स्थलहरू रहेका छन्। भालथुम्की डाँडाबाट आसपासका नवलपुर, चितवन, पाल्पा, स्याङ्जा, गोरखा, लमजुङ्ग जिल्लाका भू-भागहरू साथै अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी हिमालको रमणीय दृश्य देख्न सकिन्छ।  

दुबुङ्गमा उत्पादन हुने मुख्य कृषि बालीहरूमा मकै, कोदो र तरकारी खेती हुन्। ऋषिङ्ग गाउँपालिकामा सबैभन्दा बढी सुन्तला खेती गरिने क्षेत्र दुबुङ्ग हो। यस वडाको मौरीबास, अर्चल्दी र रिजल्दी टोलमा व्यवसायिक सुन्तला खेती गरिन्छ। त्यसै गरी, वडाको नाजुङ्ग टोलमा व्यवसायिक माहुरीपालन, बाख्रापालन र कुखुरापालन गरिन्छ।    

यस वडामा फलफूल, तरकारी खेती, पशुपालन, माहुरीपालन, होमस्टे र कृषि पर्यटनको प्रवल सम्भावना र अवसरहरू छन्। होमस्टे, होटल व्यवसाय, भाषा प्रशिक्षण, टुरिस्ट गाइड, कृषि उत्पादन जस्ता पर्यटनमा आधारित उद्यम संचालनले रोजगारीको अवसर सिर्जना गर्ने सम्भावना छ। यस वडाको भालथुम्की डाँडामा निर्माणाधिन दुबुङ्ग भ्यू टावरले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र आर्थिक अवसर सिर्जना गर्न सक्ने देखिन्छ।    

icons

घरधुरी

६०७

icons

जनसंख्या

३२५७

icons

पुरुष

१४६८

icons

महिला

१७८९

कृषि

कृषि पर्यटन

दुबुङ्ग प्रशस्त फलफूल उत्पादन हुने क्षेत्र हो। दुबुङ्गको मौरीबास, अर्चल्दी र रिजल्दी टोलमा व्यावसायिक सुन्तला खेती हुन्छ। यस वडामा व्यावसायिक माहुरीपालन, बाख्रापालन र कुखुरापालन पनि गरिन्छ। दुबुङ्गमा दुबुङ्गकोट, अकलादेवी मन्दिर, भिमसेन ढुङ्गा, भालथुम्की डाँडा जस्ता ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थलहरू रहेका छन्। भालथुम्की डाँडामा निर्माणाधिन दुबुङ्ग भ्यू टावरबाट नवलपुर, चितवन,…

Read More
कृषि

माहुरीपालन

दुबुङ्ग, नाजुङ्ग टोलका माहुरीपालक कृषक पुन बहादुर राना मगरले परम्परागत मुढे घारमा माहुरीपालन गर्दै आइरहेका छन्। उनले माहुरीपालन सुरु गरेको ३५ वर्ष जति भयो। कृषक रानाले पहिले २० घार माहुरी पालेका थिए तर मलसाँप्रो, अरिँगाल, मैनपुतली आदि माहुरीका प्राकृतिक शत्रुहरूले घारमा हमला गरी माहुरी र मह दुवै खाइदिँदा अहिले ९…

Read More

दुबुङ्ग का अवसरहरू

यस वडामा तरकारी खेती, फलफूल खेती, पशुपालन, माहुरीपालन, होमस्टे र कृषि पर्यटनको प्रवल सम्भावना र अवसरहरू छन्। होमस्टे, होटल व्यवसाय, भाषा प्रशिक्षण, टुरिस्ट गाइड जस्ता पर्यटनमा आधारित उद्यम सञ्चालनले रोजगारीको अवसर सिर्जना गर्ने सम्भावना छ। यस वडाको भालथुम्की डाँडामा निर्माणाधिन दुबुङ्ग भ्यू टावरले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र आर्थिक अवसर सिर्जना गर्न सक्ने देखिन्छ।

 

कृषि पर्यटन

माहुरीपालन

होमस्टे

लघु-कथा

यी थुप्रै बाइटहरु दुबुङ्गका जनता बाट कृषि, कृषि पर्यटन, सिट्रस खेती, सडक पहुँच, भविष्य को सम्भावित पर्यटन गन्तव्य र धेरै धेरै जस्ता थिमहरुमा संकलन गरीएको छ।

पहलहरू

कृषि पर्यटन

ऋषिङ्ग गाउँपालिकामा सबैभन्दा बढी सुन्तला खेती गरिने क्षेत्र दुबुङ्ग हो।मौरीबासमा ३६ घरधुरीले व्यावसायिक ऋषिङ्ग गाउँपालिकामा सबैभन्दा बढी सुन्तला खेती गरिने क्षेत्र दुबुङ्ग हो।मौरीबासमा ३६ घरधुरीले व्यावसायिक सुन्तला खेती गरेका छन्।  यस वडाको मौरीबास, अर्चल्दी र रिजल्दी टोलमा व्यवसायिक सुन्तला खेती गरिन्छ। त्यसै गरी, वडाको नाजुङ्ग टोलमा व्यवसायिक माहुरीपालन गरिन्छ।  वडाका…

पहलहरू अन्वेषण गर्नुहोस्