अधिकांश राम्जाकोटवासीहरू कृषि तथा पशुपालनमा आश्रित रहेका छन्। यहाँ उत्पादन हुने मुख्य कृषि बालीहरूमा धान, मकै, कोदो, अदुवा, केरा, गहुँ, भटमास र मास हुन्। खेतीपाती बाहेक यस वडामा बाख्रापालन पनि गरिन्छ। वडाकी निर्मला खनाल लीलाराम पुरी र पुन नारायण विश्वकर्मा जस्ता केही कृषकले व्यवसायिक बाख्रापालन गरेका छन्। कृषक लीलाराम पुरीले वि. सं. २०७० देखि रुपाटारमा ‘अनुकूलन बाख्रा फार्म’ खोलेर व्यवसायिक बाख्रापालन गर्न सुरु गरेका हुन्। हाल उनको फार्ममा १०० गोटा जति बाख्रा छन्। उनी युवालाई जाँगरिलो हुन सके गाउँमै बाख्रापालन व्यवसाय गरेर राम्रो आम्दानी गर्न सकिने सन्देश दिन चाहन्छन्। बाख्राको मल आफ्नो खेतबारीमा उब्जने अन्नबाली र फलफूलको बिरुवामा प्रयोग गरी उत्पादन वृद्धि गर्न सकिने भएको हुँदा कृषि तथा पशुपालन व्यवसाय गरेर युवा स्वदेशमै आत्मनिर्भर बन्न सक्ने बताउछन्। बाख्रापालन बाहेक उनले कागती, केरा र मेवा खेती पनि गरेका छन्। उनी कागतीबाट चुक बनाएर वर्षमा ४०,००० सम्म कमाउँछन्।
निर्मला खनालसँग फार्मस्टे चलाउने स्रोतसामग्री पनि छन्। उनीसँग आगुन्तुकको लागि ८ वटा खाटहरू छन्। खाद्यमा कागती दूधका परिकार माछामासु फलफूल आदि रहेका छन्। कागतीबाट अमिलो चुक वार्षिक ८० देखि १०० पाथी उत्पादन भइरहेको छ।
कालीगण्डकी नदीको किनारमा अवस्थित यस फार्मस्टेमा हाललाई ८ जना आगुन्तुकको लागि खान बस्ने सुविधा छ। यस फार्मस्टेलाई कालीगण्डकीको धार्मिक महत्वसँग जोडेर प्रवर्धन गर्न सकिन्छ।
लीलाराम पुरी
बाख्रा पालन
९८११४९२८८४
महेन्द्र श्रेष्ठ
९८१६६२५५६४
बाख्रा पालनबाट सुरू भएको यस ठाँउमा अहिले भैँसी कागतीसँगै फार्मस्टेको अवधारणा अधि बढाइएको छ। फार्मस्टेबाट त्यस क्षेत्रमा उत्पादन गरीएका खाद्यपदार्थ खपत बढाउन सकिने देखिएको छ।
यस फार्मस्टेलाई कालीगण्डकीको धार्मिक महत्वसँग जोडेर प्रवर्धन गर्न सकिने देखिएको छ।