उचित बजार को अभाव एक मुख्य कारण हो कि मानिसहरु कृषि मा सक्रिय छैनन्, विशेष गरी वडा नम्बर ५, जुन सबै वार्ड को दुर्गम मानिन्छ। वडा बजार बाट टाढा छ, जसको कारण मानिसहरु त्यहाँ डेयरी, फलफूल र तरकारी जस्ता उत्पादनहरु बेच्दैनन्।
पदम बहादुर थापा
वडा अध्यक्ष
साविक राम्जाकोट गाउँ विकास समितिका वडाहरू १,२,३,४,५,६,७ र ८ लाई समेटेर हालको ५ नम्बर वडा राम्जाकोट कायम गरिएको छ। राष्ट्रिय जनगणना २०६८ का अनुसार ७४८ घरधुरी रहेको यस वडाको जनसंख्या ३,८२३ रहेको छ जसमा पुरुष १,६६७ र महिला २,१५६ रहेका छन्। यस वडामा मगर, ब्राहमण, क्षेत्री, दरै, बोटे, कुमाल, माझी, सन्यासी, दलित आदि समुदायको बसोबास रहेको छ।
यस वडामा गडगडी गर्गेश्वर महादेव, सरस्वती मन्दिर, श्रिंग गुफा जस्ता धार्मिक तथा प्राकृतिक स्थलहरू रहेका छन्।
अधिकांश राम्जाकोटवासीहरू कृषि तथा पशुपालनमा आश्रित रहेका छन्। यहाँ उत्पादन हुने मुख्य कृषि बालीहरूमा धान, मकै, कोदो, अदुवा, केरा, गहुँ, भटमास र मास हुन्। खेतीपाती बाहेक यस वडामा बाख्रापालन पनि गरिन्छ।
राम्जाकोट प्रशस्त कृषियोग्य भूमि भएको क्षेत्र हो। वडाको दक्षिणी क्षेत्रमा रहेका ठूला फाँटहरू पिपलटार र रुपाटार कृषिका उर्वर भूमि हुन्। यी फाँटहरूमा सिँचाइको राम्रो प्रबन्ध गर्न सकेमा कृषिजन्य वस्तुहरूको उत्पादनमा उल्लेखनीय वृद्धि हुने सम्भावना रहेको छ। यहाँ कृषि उपज संकलन केन्द्र, ग्रेडिङ, लेवलिङ, प्याकेजिङको व्यवस्था गर्न सके कृषकहरूले उचित मूल्यमा आफ्नो उत्पादन बिक्री गरेर लाभ लिन सक्ने सम्भावना देखिन्छ। यस क्षेत्रमा पशुपालन व्यवसायमा तालिम र प्राविधिक सहयोग प्रदान गरेमा व्यवसायबाट थप आम्दानी गर्न सक्ने सम्भावना देखिन्छ।
घरधुरी
जनसंख्या
पुरुष
महिला
राम्जाकोट, रुपाटारका लीलाराम पुरी व्यावसायिक बाख्रापालक कृषक हुन्। बाख्रापालन बाहेक उनले कागती, केरा र मेवा खेती पनि गरेका छन्। उनी कागतीबाट चुक बनाएर बिक्री गर्ने गर्दछन्। कृषक पुरीले वि. सं. २०७० देखि ‘अनुकूलन बाख्रा फार्म’ खोलेर व्यावसायिक बाख्रापालन सुरु गरेका हुन्। उनको बाख्रा फार्ममा अहिले १०० गोटा जति बाख्रा छन्।…
Read Moreयस वडाको दक्षिणी क्षेत्रमा रहेका ठूला फाँटहरू पिपलटार र रुपाटार कृषिका उर्वर भूमि हुन्। यी फाँटहरूमा सिँचाइको राम्रो प्रबन्ध गर्न सकेमा कृषिजन्य वस्तुहरूको उत्पादनमा उल्लेखनीय वृद्धि हुने सम्भावना रहेको छ। यहाँ कृषि उपज संकलन केन्द्र, सूचना केन्द्र, बजारीकरण गर्न सके कृषकहरूले उचित मूल्यमा आफ्नो उत्पादन बिक्री गरेर लाभ लिन सक्ने सम्भावना देखिन्छ। यसबाहेक, पशुपालन तालिम र प्राविधिक सहयोग प्रदान गरेमा व्यवसायबाट थप आम्दानी गर्न सक्ने सम्भावना देखिन्छ।