मौलिकता सहितको सेटाङ सामुदायिक होमस्टे

स्थानीय रोजगारी सृजना, कला संस्कृतिको संरक्षण र रैथाने खानपिनको प्रबद्धन मात्र होइन, होमस्टेले घरबस्तीको मौलिकता बचाउनमा पनि महत्वपूर्ण योगदान

  • हिमश्रृखला

  • घरधुरी

    २०

  • होमस्टे तालिम

Sign Up to Collaborate

सेटाङ सामुदायिक
होमस्टे

वैदेशिक रोजगारबाट फर्किएपछि केही युवाहरु घले गाउँ घुम्न गएँ र त्यहाँबाट आर्जन गरेको ज्ञानका आधारमा आफ्नो गाउँ पनि घरबास सञ्चालन सकिने अठोट गरे सेटाङ सामुदायिक होमस्टेको सुरुवात भयो। उक्त्त घरबास गाउँपालिकाबाट २०७७ चैत २८ गते उद्घाटन भएको थियो। यसको नेतृत्वकर्ता तारुन थापा लगायतको कार्यसमितिले गर्दै आएको छ। सेटाङ सामुदायिक होमस्टेले स्थानीय मगर समुदायको कला सँस्कृति भेषभूषा रहनसहन आदि समटेको छ। सेटाङ सामुदायिक होमस्टेबाट धौलागिरी मनास्लु लमजुङ अन्नपूर्ण र माछापुच्छ्रे हिमालहरुको मनोरम दृश्य अवलोकन गर्न सकिने स्थानमा अवस्थित रहेको छ।

व्यापारिक ढाँचा

लोपोन्मुख नाँच, जात्रा, भजन, आदि अमूर्त सम्पदा नियमित रुपमा सञ्चालनका लागि गाउँपालिकाले अनुदान कोष बनाउन सकिन्छ। नाँच, जात्रा, भजन आदिसंग सम्बन्धित समूह वा गुठी गठन गरि बार्षिक अनुदान दिन सकिन्छ। ऋषिङ गाउँपालिकाभरि रहेका परम्परागत घरहरुको निर्माण शैली, सामाग्री र संस्कृति अनुरुप प्रकार छुट्याई त्यी घरहरुको नापनक्सा उतार्ने र स्थानीय डिजाइन क्याटलग बनाउन सकिन्छ। स्थानीय युवाहरुलाई परिचालन गरि सामान्य तथ्यांक संकलन गर्न लगाउने, राम्ररी तस्वीर खिच्न लगाउने र ऋषिङ गाउँपालिकाभित्रका मौलिक शैलीका घरहरुको फोटो पुस्तक बनाउन सकिन्छ। स्थानीय निर्माणकर्मीहरुलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालीम दिने (ग्रामीण ढाँचाको घर निर्माणको तालिम) र पूराना घरहरुको प्रबलीकरण गर्न प्रोत्साहनमूलक कार्यक्रम निरन्तर रुपमा चलाउन सकिन्छ। सिँढीयुक्त बाटो, शौचालय र दृश्यावलोकन स्थल (सुन्दर पर्खालहरु वा स्थानीय शैलीको बस्न मिल्ने, परसम्म हेर्न मिल्ने संरचना) निर्माण गर्न सकिन्छ।

 

बजार परिदृश्य

घरायसी प्रयोजनका निमित्त परालबाट बुनिने चकटी, गुन्द्री, ढक्की आदिको व्यावसायीकरण गर्न सकिए यहाँका महिला दिदीबहिनीहरूको आयआर्जनको स्रोत बन्न नसकिरहेको अवस्था छ। कोहिदिम टमाटरमा आत्मनिर्भर रहेको छ। कोहिदिमबाट काउली, आलु र च्याउ बनि बिक्रि वितरण गर्ने गरिन्छ। झापुटारमा उत्पादन हुने मुख्य कृषि बालीहरूमा धान, मकै, कोदो, मास र तरकारी खेती हुन्। वडाको कोइदिम टोलमा काउली, टमाटर, च्याउ, आलु, लसुन, प्याज, अदुवा खेती गरिन्छ। कोइदिममा उत्पादित लोकल रक्सी, भेडे खुर्सानीको बजारीकरण हुन सकेको छैन्। व्यावसायिक तरकारी खेतीको लागि वडाका कृषकहरूलाई प्राविधिक ज्ञान एवं तालिमको प्रबन्ध गर्ने, कृषि उपज संकलन केन्द्र तथा हाटबजारको व्यवस्था छैन्। कृषि उपज प्रशोधन र भण्डारणको व्यवस्था छैन्। गाउँमा तरकारी खेती सम्बन्धी १६ हप्ते तालिममा सहभागी भई २५ जनाको समूह मिलेर काउली,करेला जस्ता तरकारी खेती गरेको अनुभव छ। सिँचाइको राम्रो प्रबन्ध गर्न सकिएमा कोइदिम तरकारी खेतीको पकेट क्षेत्र बन्न सक्ने सम्भावना रहेको छ। भूगोल सुहाउदो शिक्षाको मार्फत परम्परागत खेतीलाई प्राबिधिक हिसाबले आधुनिकरण गरि रोजगारीको प्रबन्ध गर्न सकियो भने सहर गएका विदेश पलायन भएका युवाहरु अवस्य गाउँ फर्कने देखिन्छ। झापुटारका स्थानीय उत्पादनहरूको लेवलिङ, बाण्डिङ र बजारीकरण गर्ने कार्यमा सेटाङ घरबासले ठूलो भूमिका निर्वाह गर्न सक्छ। सेटाङ सामुदायिक होमस्टे ज्ञान र सीप आदान-प्रदान गर्ने थलो बन्नसक्छ।

सम्पर्क व्यक्ति

तारुन थापा
९८०६५६३३८९

सल्लाकार

मिलन बगाले
९८१८६९४१४०

Collaborators

Project Timeline

वैदेशिक रोजगारबाट फर्किएपछि केही युवाहरु घले गाउँ घुम्न गएँ र त्यहाँबाट आर्जन गरेको ज्ञानका आधारमा आफ्नो गाउँ पनि घरबास सञ्चालन सकिने अठोट गरे सेटाङ होमस्टेको सुरुवात भयो।उक्त्त घरबास गाउँपालिकाबाट २०७७ चैत २८ गते उद्घाटन भएको थियो।

ॠषिङ गाउँपालिकाको दसौं गाउँ सभा २०७८/७९ को नीति तथा कार्यक्रमबाट संस्कृति संरक्षण तथा पर्यटन प्रर्वद्धन शीर्षकमा ऋषिङ्ग गाउँपालिकामा स्थापित होमस्टेहरुलाई सुधार र स्तरोन्नति गर्दै लैजााने र नयाँ होमस्टेहरुको स्थापना गर्नका लागि समुदायलाई प्रोत्साहन र परिचालित गरिने निर्णय भएको छ ।

SIGN UP TO GET INSTANT ACCESS
TO PARTNER AND COLLABORATE ON INITIATIVES