कोटदरबार
नेपाल एकीकरण पूर्व स-साना राज्यहरूमा विभाजित रहँदाको समयमा मुकुन्द सेनका भतिजा समसेनले राज्य गरेकाले यस ठाउँको नाम कोटदरबार रहन गएको भनाइ छ। संरक्षणको अभावमा हाल दरबारको परिसर मात्र देख्न सकिन्छ र त्यहाँ कल्याणदेवी मन्दिर निर्माण गरिएकोछ।

ज्यामिरेमाई मन्दिर ढुङ्गाडे स्थित ज्यामिरेमाई डाँडामा रहेको छ। धार्मिक आस्थाको रूपमा रहेको उक्त मन्दिरमा बडादसैँको बेलामा फुलपाती भित्र्याइ पूजाआजा गर्ने चलन रहेको छ। ज्यामिरेमाई मन्दिरमा कन्या कुमार केटाहरू पूजारीको रूपमा रहने र यस क्षेत्रका मानिसहरूले पञ्चबली दिने चलन रहिआएको छ।…
नेपालको गण्डक क्षेत्र र आसपास बसोबास गर्ने मगर समुदायमा प्रचलित लोकनृत्यहरू सालैजो, सोरठी, मारुनी, घाटु, झाम्रे (झ्याउरे), ज्यानै, ओहली, नाचन, कौराहा आदि हुन्। यीमध्ये कौराहा सबैभन्दा लोकप्रिय नृत्य हो। तनहुँ जिल्लाको ऋषिङ्ग क्षेत्र मगर समुदायको मौलिक संस्कृति र पहिचान झल्किने…