व्यावसायीकरण गर्न काहुँशिवपुरमा सामूहिक खेती

सुकेपोखरी आमा समूहद्वारा जैविक कृषितर्फ आकर्षण गर्न सामूहिक खेती सञ्चालन रैथाने बिउबिजनको उचित संरक्षण तथा व्यावसायिकरणमा विशेष जोड

  • सदस्य

    ३१

  • स्थापना

    २०७७

  • सहभागिता

    महिला

सहकार्य गर्न साइन अप गर्नुहोस्

आमा समूहको
सामूहिक खेती

जीविकोपार्जनका लागि गरिने परम्परागत खेती प्रणालीको कारण स्थानीय उत्पादनमा व्यावसायीकरण हुन नसक्नु, उद्यमशीलताको ज्ञान र तालिमको अभाव, वडामा हाटबजार सञ्चालन नहुनु, कृषि पेशाप्रति युवाको आकर्षण नहुनु जस्ता चुनौती एवं समस्याहरू यस वडामा रहेका छन्।  यसै समस्यालाई केही हदसम्म कम गर्न यम थापा मगरको नेतृत्वमा ३१ सदस्य रहेको सुकेपोखरी आमा समूहले २०७७ सालमा सामूहिक खेती सुरु भएको छ।

व्यापारिक ढाँचा

स्थानीय हस्तकलाको प्रवर्द्धन आगुन्तुकलाई सौगात महिला सशक्तिकरणबारे जनचेतना स्थानीय होमस्टमा जोड दिने र स्थानीय उत्पादनमा जोड दिने आदि लक्ष्य लिएको छ। हालसम्म मकै तरकारी वोडी को उत्पादन गरिदैं आईएको छ। सिचाईको आपूर्ती अत्यावश्क छ।

त्यस्तै सामुहिक खेतीलाई अगाडी बढाइरहेका व्यक्त्ति हुन शेर बहादुर तारु। काहुँशिवपुर, गराङ्गदी टोलका उनी वि स २०४८ सालदेखि  २३ रोपनी जग्गामा व्यावसायिक फलफूल खेती गर्छन्। उनले आफ्नो १० रोपनी जग्गामा सुन्तला, कागती र एभोकाडो रोपेका छन्। वि.सं. २०५५ देखि फलफूल खेती सुरु गरेका कृषक थापाको बगैँचामा सुन्तला १५० बोट, कागती २०० बोट र एभोकाडो १८ बोट छन्। उनी आफूले उत्पादन गरेको फलफूल पोखरा र दमौलीमा लगेर बेच्ने गर्दछन्। सुन्तला, कागती र एभोकाडो खरिद गर्न व्यापारीहरू उनको बगैँचासम्म पनि आउने गर्दछन्।

सम्पर्क व्यक्तिहरू 

शेर बहादुर थापा
फलफूल उत्पादक

९८५६०६४३२०

सल्लाहकर

महेन्द्र कुमार श्रेष्ठ
गण्डकी प्रदेश, तनहुँ
९८०४१५५६४३ 

Project Timeline

सुकेपोखरी आमा समूहद्वारा जैविक कृषितर्फ आकर्षण गर्न वि स २०७७ सालबाट थालनी गरेका छन्।सामूहिक खेती सञ्चालन गरेपछि रैथाने बिउबिजनको उचित संरक्षण तथा व्यावसायिकरण मुख्य उदेश्य रहेका छन्।

सुकेपोखरी आमा समूहले मकै तरकारी बोडी आदिको उत्पादन गर्दै आएको छ।उत्पादनलाई थप वृद्धि गर्न हाते ट्राक्टर व्यास नगरपालिका समक्ष माग गरेको छ।

तत्काल पहुँच पाउन र विभिन्न पहलहरूमा साझेदारी तथा सहकार्य गर्न साइन अप गर्नुहोस्।