जौविक कृषि

पल्ट्याङमा व्यावसायिक कृषि, पशुपालन तथा पर्यटनको प्रचुर सम्भावना रेहेको देखिन्छ। कृषि तथा पशुपालनका क्षेत्रमा युवावर्गको आकर्षण कम हुनु, कृषिमा व्यावसायीकरण नहुनु, पर्यटन गुरुयोजना नहुनु, पर्यटन व्यवसायको लागि दक्ष जनशक्तिको अभाव, हाटबजार नहुनु जस्ता चुनौती एवं समस्याहरू यस वडामा विद्यमान रहेका छन्। 

  • जग्गा

    ८ रोपनी

  • स्थापना

    २०७२

सहकार्य गर्न साइन अप गर्नुहोस्

जौविक कृषि

पल्ट्याङमा व्यावसायिक कृषि, पशुपालन तथा पर्यटनको प्रचुर सम्भावना रेहेको देखिन्छ। कृषि तथा पशुपालनका क्षेत्रमा युवावर्गको आकर्षण कम हुनु, कृषिमा व्यावसायीकरण नहुनु, पर्यटन गुरुयोजना नहुनु, पर्यटन व्यवसायको लागि दक्ष जनशक्तिको अभाव, हाटबजार नहुनु जस्ता चुनौती एवं समस्याहरू यस वडामा विद्यमान रहेका छन्। 

संक्षिप्त परिचय

वडाको बडागाउँ टोलका पूर्व भारतीय गोर्खा सैनिक शिव बहादुर क्षेत्रीले कृषक क्षेत्री पेसाबाट अवकाश प्राप्त गरेपछि वि. सं. २०७२ मा बडागाउँमा ८ रोपनी जग्गा खरिद गरेर उनले व्यावसायिक खेती र पशुपन्छीपालन सुरु गरेका हुन्। उनी आफ्नो खेतमा धान, गहुँ, तोरी, टमाटर, लसुन, प्याज, खुर्सानी, काउली, बन्दाकोपी जस्ता मौसमी अन्नबाली र तरकारी उत्पादन गर्छन्। उनले गाई, भैंसी, बंगुर, बाख्रा जस्ता चौपाया; कुखुरा, टर्की जस्ता पन्छी र माछापालन पनि गरेका छन्। गाईवस्तुको मल प्रशस्त हुने भएकोले उनी आफ्नो खेतबारीमा प्राङ्गारिक मल मात्र प्रयोग गर्ने गर्छन्।आफ्नो गाउँमै केही गर्नुपर्छ भन्ने हेतुले सैनिक सेवाबाट अवकाश प्राप्त गरे पश्चात आफूले व्यावसायिक खेती र पशुपन्छीपालन सुरु गरेको बताउँछन्। उनले वैदेशिक रोजगारमा गएका आफ्नो छोरालाई केही समय पहिले घर फर्कन लगाए। अहिले उनका छोरा घर फर्किसकेका छन्। अब उनीहरू उन्नत जातको बोएर बाख्रा फार्म सञ्चालन गर्ने तयारी गरिरहेका छन्। जीविकोपार्जनका लागि खेतीपाती र पशुपन्छीपालन गर्दै आएका छरछिमेकका अन्य कृषकहरूलाई पनि व्यावसायिक कृषि तर्फ आकर्षित गराउने आफ्नो उद्देश्य रहेको उनी सुनाउँछन्।

श्रमलाई सम्मान गर्ने संस्कृतिको अभावले उद्यमशीलताको विकास हुन सकेको छैन। युवाले चाहेमा गाउँमै व्यावसायिक कृषि तथा पशुपालन गरेर राम्रो आम्दानी गर्न सक्ने वातावरण बनाउन सकिन्छ भनी भादगाउँका बल बहादुर क्षेत्री बाख्रा पालन सुरु गरेका छन्।

पल्ट्याङमा कृषि, पशुपालन तथा पर्यटनको प्रचुर सम्भावना रेहेको देखिन्छ। सामाजिक सम्मान, तालिम, प्राविधिक सेवा, अनुदान, कृषि उपज संकलन, भण्डारण, प्रशोधन र बजारीकरणको व्यवस्था मार्फत कृषि तथा पशुपालनका

क्षेत्रमा युवालाई आकर्षित गर्न सकिने सम्भावना छ। त्यसै गरी, पर्यटकीय सेवाको विकासका लागि होमस्टे सञ्चालन गर्न सकेमा पर्यटकहरूको आगमन हुनुको साथै स्थानीय युवाले प्रत्यक्ष रोजगारीका अवसरबाट लाभ लिन सक्नेछन्। युवाले चाहेमा गाउँमै व्यवसायीक कृषि तथा पशुपालन गरेर राम्रो आम्दानी गर्न सकिने देखिन्छ।गाउँपालिकाले व्यवसायिक पशुपालनका लागि खोर सुधार कार्यक्रम तथा गुणस्तरीय प्राङ्गारिक मल उत्पादनका लागि भकारो सुधार कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम हुदैं आएका छन् ।

सम्पर्क व्यक्ति

शिव बहादुर क्षेत्री
पाङ्गारिक खेती
बडागाउँ

सल्लाकार

महेन्द्र श्रेष्ठ
९८१६६२५५६४

Project Timeline

तत्काल पहुँच पाउन र विभिन्न पहलहरूमा साझेदारी तथा सहकार्य गर्न साइन अप गर्नुहोस्।