ऋषिङ्ग गाउँपालिकामा सबैभन्दा बढी सुन्तला खेती गरिने क्षेत्र दुबुङ्ग हो।मौरीबासमा ३६ घरधुरीले व्यावसायिक सुन्तला खेती गरेका छन्। यस वडाको मौरीबास, अर्चल्दी र रिजल्दी टोलमा व्यवसायिक सुन्तला खेती गरिन्छ। त्यसै गरी, वडाको नाजुङ्ग टोलमा व्यवसायिक माहुरीपालन गरिन्छ।
वडाका बिष्णु बहादुर रानाभाट, केश बहादुर आले मगर, कमल बहादुर राना, ओम बहादुर मल्ल, दिल बहादुर नेपाली जस्ता कृषकहरू व्यवसायिक सुन्तला खेतीमा लागेका छन्। मौरीबासका कृषक/शिक्षक बिष्णु बहादुर रानाभाटले १२० बोट सुन्तला लगाएका छन् जसमध्ये १०० बोट उनले हालसालै रोपेका हुन्। गतसाल उनले १ लाख २० हजार रुपैयाँको सुन्तला बिक्री गरे। मौरीबासमा ३६ घरधुरीले करिब १,२३६ बोट सुन्तला लगाएका छन्। टोलमा सुन्तला बिक्रीबाट वार्षिक ३० लाख रुपैयाँ भन्दा बढी भित्र्याउने गरिन्छ। वि.सं. २०५२ सालदेखि सुन्तला खेती सुरु गरेका अर्चल्दीका कृषक केश बहादुर आले मगरले सुरुमा ७०/८० बोट सुन्तला लगाएका थिए। केही वर्ष अगाडि उनले करिब ६०० बोट सुन्तलाका बिरुवा लगाएकामा अहिले ती फल्न थालेका छन्। गत वर्ष उनले करिब ४ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरे। अर्चल्दीमा २५ जनाको कृषक समूह पनि छ। टोलमा सुन्तला बिक्रीबाट वार्षिक करिब २२ लाख रुपैयाँ भित्र्याउने गरिन्छ। यसै गरी, वि.सं. २०३४ सालदेखि सुन्तला खेती सुरु गरेका रिजल्दीका कृषक ओम बहादुर मल्लले २८ रोपनीमा सुन्तला लगाएका छन्। उनको २० रोपनीमा ३२० बोट सुन्तला छन् र हालसालै उनले ८ रोपनीमा नयाँ बिरुवा लगाएका छन्। गत वर्ष उनले करिब २ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरे। रिजाल्दीका कृषक कमल बहादुर रानाले पनि १३ रोपनीमा सुन्तला खेती गरेका छन्। उनले गत वर्ष १ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरे। रिजल्दीमा २८ घरधुरीले सुन्तला लगाएका छन्। दुबुङ्गका कृषक दिल बहादुर नेपालीले हालै अकला कृषि फार्म खोलेर सुन्तलाका बिरुवा लगाएका छन्।
यस वडामा तरकारी खेती, फलफूल खेती, पशुपालन, माहुरीपालन, होमस्टे र कृषि पर्यटनको प्रवल सम्भावना र अवसरहरू छन्। होमस्टे, होटल व्यवसाय, भाषा प्रशिक्षण, टुरिस्ट गाइड जस्ता पर्यटनमा आधारित उद्यम सञ्चालनले रोजगारीको अवसर सिर्जना गर्ने सम्भावना छ। यस वडाको भालथुम्की डाँडामा निर्माणाधिन दुबुङ्ग भ्यू टावरले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र आर्थिक अवसर सिर्जना गर्न सक्ने देखिन्छ।
विष्णु बहादुर रानाभाट
सुन्तला खेती
महेन्द्र कुमार श्रेष्ठ
९८१६६२५५६४
सुँडे दमौली दुवुङ्ग मार्ग बनेपछि दुवुङ्गमा उत्पादित सुन्तलाले उचित बजार पाउने भएको छ। यस अघि सुन्तला बजारसम्म पुर्याउन लामो बाटो हुदैं दमौली लगायतका बजारमा ल्यौजानु पर्थ्यो।हाल भने त्यो समस्या टरेको छ।
सुन्तलाको खपत अब दुवुङ्गमा पनि हुने भएको छ। दुवुङ्गमा नै अतिथि गृह र होटल लगायतका भौतिक पूर्वाधार खडा भएपछी सुन्तलाको खपत हुने भएको छ।