‘जनजागरण एग्रो फरेस्ट्री’ कृषिफार्म दर्ता

खाद्यान्न तथा तरकारी बालीसँग डाले घाँस, भुई घाँस तथा अन्य प्रजातिहरु र पशुपालनसँग वा एक पछि अर्को खेती गर्ने पद्धती नै कृषि वन प्रणाली हो ।

सहकार्य गर्न साइन अप गर्नुहोस्

कृषिवन

कृषिवन भनेको एउबाँझो जमिनलाई उपयोगमा ल्याउन कृषि-वन खेती गर्ने एवं फलफूल नर्सरी स्थापना गरेर बिरुवाबाँझो जमिनलाई उपयोगमा ल्याउन कृषि-वन खेती गर्ने एवं फलफूल नर्सरी स्थापना गरेर बिरुवा बिक्री गर्ने योजना यस वडाका विकास रानाभाटको रहेको छ। यसका लागि हालै उनले ‘जनजागरण एग्रो फरेस्ट्री’ कृषि फार्म दर्ता गरेका छन्। नर्सरीमा केरा, कागती, सुन्तला, लिची, आँप, एभोकाडोको बिरुवा उत्पादन गरी कृषकहरूको माग अनुसार बिक्री वितरण गर्ने उनको योजना रहेको छ। उनले आफ्नो जमिनमा केरा, कागती, एभोकाडो फलफूल खेती सँगै मकै, कोदो जस्ता अन्नबाली लगाउने विचार गरेका छन्।   

व्यापारिक ढाँचा

सामुदायिक वनको विकासमा मद्दत गर्न, पशुआहाराको श्रोत संरक्षण गरी, पशु उत्पादनलाई बढाउन, परम्परागत तथा एकिकृत खेति प्रणालीलाई प्रोत्साहन गर्न, एकै जमिनबाट धेरै किसिमका फाइदा लिन, भुसंरक्षण गर्न र भुक्षय नियन्त्रण गर्न, जमिन तथा खेतबारीको सौन्दर्य बढाउन, माटोको उर्बरा शक्ति बढाइ कृषि उत्पादनमा बृद्धि गर्न, कम्पोष्ट मल बनाउन र रासायनिक मलको प्रयोगमा कमी ल्याउन, महिलाहरुको कामको भार घटाउन,जमिनको अधिकतम प्रयोग गर्न सकिन्छ । जमिनको वरपर बारको रुपमा रुखहरु रोपी पशुबस्तुहरुबाट बालीनालीलाई जोगाउन सकिन्छ । घाँसदाउरा खोज्न लाग्ने समय बचत हुने उनी बताउछन्।

कृषि प्रणाली, कृषिमा व्यवसायीकरण नहुनु, पूँजीको अभाव, जनशक्तिको अभाव, प्राविधिक ज्ञान र तालिमको अभाव, सिँचाइको अभाव, हाटबजार नहुनु, जनचेतनाको कमी आदि यस वडाका प्रमुख चुनौती र समस्याहरू रहेका छन्। 

सम्पर्क व्यक्ति

विकास रानाभाट
कृषिवन
ढुङ्गाडे
९८०३५०५६३७ 

सल्लाकार

महेन्द्र श्रेष्ठ
९८१६६२५५६४

Project Timeline

विकास रानाभाटले बाँझो जमिनलाई उपयोगमा ल्याउन कृषि-वन खेती गर्ने एवं फलफूल नर्सरी स्थापना गरेर बिरुवा बिक्री गर्ने योजना सहित २०७६ मा ‘जनजागरण एग्रो फरेस्ट्री’ कृषिवन फार्म दर्ता गरेका छन्।

तत्काल पहुँच पाउन र विभिन्न पहलहरूमा साझेदारी तथा सहकार्य गर्न साइन अप गर्नुहोस्।